Saturday, September 5, 2026
The Desk

balen

By Prakash YadavAugust 26, 2026 · 5 min read
balen

दुग्ध उत्पादनको एउटा प्राकृतिक चक्र हुन्छ, जसलाई प्राविधिक भाषामा ‘फ्लस सिजन’ र ‘लिन सिजन’ भनिन्छ । नेपालमा असोजदेखि फागुनसम्मको समय अनुकूल मौसम र पर्याप्त हरियो घाँसपात पाइने भएकाले दूध उत्पादन अत्यधिक हुन्छ, यसलाई ‘फ्लस सिजन’ भनिन्छ । तर, चैतदेखि भदौसम्मको गर्मी र सुक्खायाममा दूध उत्पादन ह्वात्तै घट्छ, जसलाई ‘लिन सिजन’ मानिन्छ ।

यतिबेला देश ‘लिन सिजन’ को अन्त्यतिर छ । अर्थात्, दूध उत्पादन सबैभन्दा कम हुने समय चलिरहेको छ । वर्षभरि ६ महिना दूध बढी संकलन हुँदा त्यसलाई प्रशोधन गरेर बटर (नौनी) र धुलो दूध बनाएर मौज्दात राख्ने र दूध कम उत्पादन हुने ६ महिना त्यही मौज्दात बजार पठाएर माग धान्ने डीडीसीको परम्परागत ‘ट्रेन्ड’ हो ।

डीडीसीकै सूचना अधिकारी नीलकण्ठ गौतम अहिले भएको निर्यात परीक्षण मात्रै भएको बताउँछन् । ‘अहिले हामीले पठाएको ५ सय किलो घिउ अन्तर्राष्ट्रिय बजारमा एउटा परीक्षण मात्र हो,’ उनी भन्छन्, ‘बजारमा अहिले नै हाम्रो घिउको माग यति धेरै छ कि हामीसँग भएको मौज्दात असोजसम्म शून्य हुँदैछ ।’

गौतमको कुरालाई तथ्यांकले पनि पुष्टि गर्छ । कृषिमन्त्री चौधरीले नै १ भदौसम्म डीडीसीसँग १ सय ५० टन दूध पाउडर र १ सय ३० टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात रहेकोे तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

प्राविधिक रूपमा नौनी (बटर) मा २० प्रतिशत मोइस्चर (चिस्यान/पानी) हुने हुँदा यसलाई खार्दा ८० प्रतिशतमात्र शुद्ध घिउ निस्कने संस्थाको भनाइ छ । यस हिसाबले हालको मौज्दातबाट करिब १ लाख किलो (१ सय टन) मात्र तयारी घिउ निकाल्न सकिन्छ ।

ठूला चाड दसैं, तिहार र छठ नजिकिँदै छन् । चाडबाडमा घिउको आन्तरिक माग कल्पना गरेभन्दा कैयौँ गुणा बढ्छ । असोजसम्म डीडीसीको मौज्दात घिउ सकिने र नयाँ उत्पादन (फ्लस सिजन) सुरु हुन समय लाग्ने अवस्थामा दुबई, जापान र कोरियामा वर्षको ५० टन घिउ पठाउने योजना एउटा ‘पब्लिसिटी स्टन्ट’ मात्र त बन्छ कि भन्ने शंका गर्ने ठाउँ प्रशस्त छ ।

काउन्टर खोल्न बन्द, विदेशमा बजार खोज्ने हतारो

डीडीसीले केही समयअघि आफ्नो पुरानो स्टक सकाउन र बजार विस्तार गर्न भन्दै देशभरि ३० वटा नयाँ आउटलेट (सर्भिस काउन्टर) खोल्ने लक्ष्य राखेको थियो ।

तर, माग बढिरहँदा र कच्चापदार्थ अभावले ८ वटा आउटलेट खोलेपछि डीडीसी त्यो योजनाबाट पछि हटेको घोषणा गरेको छ । डीडीसीले आज मात्रै सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि आउटलेट खोल्ने काम स्थगन भएको बताएको छ ।

‘हामीसँग कच्चापदार्थकै अभाव हुन थालेपछि आउटलेट खोल्ने काम अहिलेलाई बन्द गरेका छौं,’ सूचना अधिकारी गौतमले भने, ‘अहिले देशभरिका आउटलेटमा घिउ अभाव नभए पनि भोलिका दिनमा संकलन नबढेसम्म हामी आफैंलाई गाह्रो छ ।’दुग्ध उत्पादनको एउटा प्राकृतिक चक्र हुन्छ, जसलाई प्राविधिक भाषामा ‘फ्लस सिजन’ र ‘लिन सिजन’ भनिन्छ । नेपालमा असोजदेखि फागुनसम्मको समय अनुकूल मौसम र पर्याप्त हरियो घाँसपात पाइने भएकाले दूध उत्पादन अत्यधिक हुन्छ, यसलाई ‘फ्लस सिजन’ भनिन्छ । तर, चैतदेखि भदौसम्मको गर्मी र सुक्खायाममा दूध उत्पादन ह्वात्तै घट्छ, जसलाई ‘लिन सिजन’ मानिन्छ ।

यतिबेला देश ‘लिन सिजन’ को अन्त्यतिर छ । अर्थात्, दूध उत्पादन सबैभन्दा कम हुने समय चलिरहेको छ । वर्षभरि ६ महिना दूध बढी संकलन हुँदा त्यसलाई प्रशोधन गरेर बटर (नौनी) र धुलो दूध बनाएर मौज्दात राख्ने र दूध कम उत्पादन हुने ६ महिना त्यही मौज्दात बजार पठाएर माग धान्ने डीडीसीको परम्परागत ‘ट्रेन्ड’ हो ।

डीडीसीकै सूचना अधिकारी नीलकण्ठ गौतम अहिले भएको निर्यात परीक्षण मात्रै भएको बताउँछन् । ‘अहिले हामीले पठाएको ५ सय किलो घिउ अन्तर्राष्ट्रिय बजारमा एउटा परीक्षण मात्र हो,’ उनी भन्छन्, ‘बजारमा अहिले नै हाम्रो घिउको माग यति धेरै छ कि हामीसँग भएको मौज्दात असोजसम्म शून्य हुँदैछ ।’

गौतमको कुरालाई तथ्यांकले पनि पुष्टि गर्छ । कृषिमन्त्री चौधरीले नै १ भदौसम्म डीडीसीसँग १ सय ५० टन दूध पाउडर र १ सय ३० टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात रहेकोे तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

प्राविधिक रूपमा नौनी (बटर) मा २० प्रतिशत मोइस्चर (चिस्यान/पानी) हुने हुँदा यसलाई खार्दा ८० प्रतिशतमात्र शुद्ध घिउ निस्कने संस्थाको भनाइ छ । यस हिसाबले हालको मौज्दातबाट करिब १ लाख किलो (१ सय टन) मात्र तयारी घिउ निकाल्न सकिन्छ ।

ठूला चाड दसैं, तिहार र छठ नजिकिँदै छन् । चाडबाडमा घिउको आन्तरिक माग कल्पना गरेभन्दा कैयौँ गुणा बढ्छ । असोजसम्म डीडीसीको मौज्दात घिउ सकिने र नयाँ उत्पादन (फ्लस सिजन) सुरु हुन समय लाग्ने अवस्थामा दुबई, जापान र कोरियामा वर्षको ५० टन घिउ पठाउने योजना एउटा ‘पब्लिसिटी स्टन्ट’ मात्र त बन्छ कि भन्ने शंका गर्ने ठाउँ प्रशस्त छ ।

काउन्टर खोल्न बन्द, विदेशमा बजार खोज्ने हतारो

डीडीसीले केही समयअघि आफ्नो पुरानो स्टक सकाउन र बजार विस्तार गर्न भन्दै देशभरि ३० वटा नयाँ आउटलेट (सर्भिस काउन्टर) खोल्ने लक्ष्य राखेको थियो ।

तर, माग बढिरहँदा र कच्चापदार्थ अभावले ८ वटा आउटलेट खोलेपछि डीडीसी त्यो योजनाबाट पछि हटेको घोषणा गरेको छ । डीडीसीले आज मात्रै सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि आउटलेट खोल्ने काम स्थगन भएको बताएको छ ।

१० भदौ, काठमाडौं । गएको शुक्रबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मुख्यालयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बेग्लै उत्साह र तामझाम देखियो । कारण- नेपाली ब्रान्डको ‘डीडीसी घिउ’ ले अन्तर्राष्ट्रिय बजार यात्रा तय गर्दै थियो ।

नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा ५ सय किलो (आधा टन) घिउ यूएईको दुबईतर्फ पठाइँदा सरकारले ठूलै उपलब्धि सहित उत्साह व्यक्त गरेको थियो ।

‘हामीसँग कच्चापदार्थकै अभाव हुन थालेपछि आउटलेट खोल्ने काम अहिलेलाई बन्द गरेका छौं,’ सूचना अधिकारी गौतमले भने, ‘अहिले देशभरिका आउटलेटमा घिउ अभाव नभए पनि भोलिका दिनमा संकलन नबढेसम्म हामी आफैंलाई गाह्रो छ ।’